SKIP THIS

S.P.A  Collage

आजको मौसम बुलेटिन : दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

नेपालको मौसममा कुनै प्रणालीको प्रभाव छैन

हल्का वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ। हिजोबाट नेपालबाट मनसुन बाहिरिएसँगै कुनै पनि प्रणालीको प्रभाव नेपालमा नरहेको हो।

यतिबेला देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार