SKIP THIS

धनगढी उप-महानगरपालिका

कैलालीका पालीका प्रमुखहरू भन्छन्, ‘सबैका लागी पढाई कार्यक्रमका अवधारणाहरू अपनत्व गर्छौँ’ (भिडियो)

कैलालीका पालीका प्रमुखहरू भन्छन्, 'सबैका लागी पढाई कार्यक्रमका अवधारणाहरू अपनत्व गर्छौँ' (भिडियो)

धनगढी : नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत युएसएआईडी, हेण्डीक्याप र वरल्ड इजुकेशनको सहयोग सहकार्यमा सञ्चालित सबैका लागी पढाई कार्यक्रम अन्तरगतको जिल्ला स्तरीय सरोकारवालाहरूसँगको सिकाई आदान-प्रदान कार्यशाला धनगढीमा सम्पन्न भएको छ । सोमबार सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालको आयोजना तथा युएसएआईडीको आर्थिक सहयोग, हेण्डीक्याप र वरल्ड इजुकेशनको सहकार्यमा कार्यशाला सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कैलाली जिल्लाका १३ वटै पालीका धनगढी उप-महानगरपालिकाका प्रतिनिधि, गोदावरी नगरपालिका प्रतिनिधि, गौरीगंगा नगरपालिका शिक्षा शाखा प्रमुख, घोडाघोडी नगरपालिकाका नगर प्रमुख, टीकापुर नगरपालिकाका प्रतिनिधि, लम्कीचुहा नगरपालिका, प्रतिनिधि, भजनी नगरपालिका प्रतिनिधि, कैलारी गाउँपालिका अध्यक्ष, चुरे गाउँपालिका अध्यक्ष, बर्दगोरिया गाउँपालिका प्रतिनिधि, जानकी गाउँपालिका प्रतिनिधि, जोशीपुर गाउँपालिका अध्यक्ष र मोहन्याल गाउँपालिका प्रतिनिधि सँगै सबैका लागी पढाई कार्यक्रमबाट सेवा लिएका विद्यार्थी, अभिभावक समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख तथा अध्यक्षहरूले आफ्नो पालीकाबाट सबैका लागी पढाई कार्यक्रमको समया अवधि सक्किन लागेको भए पनि यसले शिक्षा क्षेत्रमा धेरै कुराहरू अपाङ्गता भएका विद्यार्थी पहिचान सँगै तिनलाई कसरी अध्ययन, अध्यापन गराउने भन्ने विषयमा समेत विभिन्न जानकारीहरू दिएको र अव यस कार्यक्रममा आ-आफ्ना स्थानीय तहहरूले श्रोत र साधनले भ्याए सम्म निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन् ।

सबैका लागि पढाइ कार्यक्रम यूएसएआईडीको ५.८८ मिलियन अमेरिकी डलरको सहयोगमा ३ वर्षे सम्म सञ्चालनमा रहेको कार्यक्रम हो । जसले ३४१५ वटा विद्यालयहरूका कक्षा १ देखि ३ सम्मका अपाङ्गता भएका बालबालिकाहरूको पठन उपलब्धि सुधारको लागि प्रयास गरेको जनाइएको छ ।

यस कार्यक्रम अन्तरगत राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम १० जिल्लाहरू बाँके, सुर्खेत, भक्तपुर, कास्की, धनकुटा, पर्सा, मुस्ताङ, कैलाली र डडेल्धुरामा कार्यान्वयनमा रहेको र संविधान र नीतिमा व्यवस्था भए अनुरूपका अपाङ्गता समावेशी शिक्षाका प्रतिबद्धताहरूलाई कार्यान्वयन गराउन को लागि नेपाल सरकारको सङ्घ प्रदेश र स्थानीय तहमा प्राविधिक र संस्थागत विकासमा सहयोग पुर्‍याएको सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालका कार्यकार निर्देशक नन्दराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार सबैका लागि पढाइ कार्यक्रम कैलालीका १३ वटै स्थानीय तहहरू मा  पनि अपाङ्गता भएका बालबालिकाहरू तथ्याङ्कमा सुधार गर्ने, अपाङ्गता भएकाका बालबालिकाहरूका लागि गुणस्तरीय निर्देशिका तथा आवश्यक सहायताका लागि संस्थागत तथा  प्रासवभिक क्षमता विकास गर्ने, निश्चित प्रकारका अपाङ्गता भएका बालबालिकाहरू को लागी समावेशी नमुना शिक्षण सिकाइको विकास परीक्षण र त्यसको स्तरोन्नति गर्ने र कोभिड १९ को प्रभावहरू न्यूनीकरण गर्न अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षण सिकाइमा सहयोग गर्ने सामग्रीहरू प्रदान गर्ने उद्देश्य सहित सञ्चालनमा आएको थियो ।

कार्यक्रम सञ्चालन भएको अवधिभर कैलालीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्थानीय सरकार द्वारा विस्तार गर्न सकिने गरी अपाङ्गता भएका बालबालिका को लागि तथ्याङ्कमा आधारित न्यून लगानीमा आधारित शैक्षणिक पढाइ नमुनाहरू प्रदान, पूर्व प्राथमिक तहदेखि कक्षा ३ सम्म का २१४९२८ बालबालिकाहरूलाई प्रारम्भिक पहिचान औजारको प्रयोग गरी पहिचान तथा पठन उपलब्धि सुधार तथा अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षण सिकाइ गर्न ७७१ प्राथमिक विद्यालय शिक्षकहरू र ४६ स्रोत कक्षा शिक्षकहरूलाई प्रशिक्षित गरेको छ ।

यस्तै, ५०० नेपाल सरकारका शिक्षा अधिकारीहरू अपाङ्गता तथा समावेशी शिक्षामा प्रशिक्षित गरेको छ । उपचार सहायताले प्रारम्भिक कक्षाका अपाङ्गता भएका बालबालिकाहरू कोभिड-१९ पछाडि विद्यालयमा फिर्ता अर्थात् पठाई कार्यमा निरन्तर लाग्न सुनिश्चित तथा प्रेरित गरेको छ । भने कोभिड-१९ पछाडि प्रारम्भिक कक्षाका अपाङ्गता भएका बालबालिकाहरूको लागि शिक्षामा सहयोग सुनिश्चित हुने गरी कामहरू गरेको जनाइएको छ ।

अबको केही महिनामै यूएसएआईडीको ५.८८ मिलियन अमेरिकी डलरको सहयोगमा ३ वर्षे समया अवधि सकिन लागेको पूर्व सन्ध्यामा सबैका लागी पढाई कार्यक्रमले खेलेको भूमिका, प्रभाव र अव स्थानीय तहहरूले त्यस बाट सिक्नुपर्ने र अपनत्व गर्नु पर्ने विषयहरूको बारेमा सिकाई आदान-प्रदान कार्यशाला गरिएको थियो । (भिडियो केही समय पछि)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार