निर्वाचन आयोग टुलुटुल हेरेर स्पष्टीकरण मात्र सोध्दैन, कारबाही पनि गर्छ : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गर्ने दलका उमेदवारलाई आयोगले कानुनअनुसार कारबाही गर्ने दाबी गरेका छन् ।

विराटनगरमा सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले भने, “आचारसंहिता उल्लंघन गर्नेहरुलाई आयोग टुलुटुल हेरेर बस्दैन । कारबाही गर्र्र्छाैँ ।”

उनले आचारसंहिता उल्लंघन गर्ने उमेदवारहरूलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाएको पनि दाबी गरे । आयोगले बिहीबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई फ्री भिसा फ्री टिकटको प्रलोभन देखाएको भन्दै स्पष्टीकरण पत्र पठाएको थियो ।

नेता नेपालले आचारसंहिता विपरीत चुनावी प्रचार गरेको भन्दै कारबाही गर्न रौतहट प्रहरीलाई पत्र समेत पठाएको छ । सोही विषयले चर्चा पनि पाइरहेको छ ।

त्यसप्रति लक्षित गर्दै उनले भने, “स्पष्टीकरण सोध्दा नै यस्तो भएको छ भने अब हप्ता दिनपछिका निर्णयले भूकम्प जान सक्छ ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार