४ मंसिरको महाफैसला सही हुनुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएका छन्।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा जनताले गर्ने महाफैसला सही हुनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारलाई अदालतले हटाएको बताए ।

‘अदालत सदालत धेरै बसे । सरकार हटाए । त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ,’ उनले भनेका छन्, ‘त्यसले महाफैसला गर्नेछ । त्यो महाफैसला सही हुनु पर्दछ । सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस् ।’

सत्तारुढ दलहरुले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम गरिरहेको उनको आरोप छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरुले निर्वाचन आचारसंहिता विपरीत फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए ।

उनले भने, ‘अरुले भनेजस्तो हामी फ्रि भिसा, फ्रि टिकट यस्तो भनेर हिँडेका छैनौं । विना ढेउवा पनि भनेका छैनौं । मान्छे अल्मल्याउने काम गरेका छैनौं ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार