आजदेखि यमपञ्चक सुरु, काग तिहार मनाईँदै

काग तिहार

काठमाडौँ : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग तिहारका रूपमा प्रचलित छ ।

आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ । कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।

तिहारको तेस्रो तथा महत्त्वपूर्ण दिन लक्ष्मीपूजा हो । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत बिहान गाईको र साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । कृषि व्यवसायमा गोरुले पु-याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरु एवं गोवद्र्धन पर्वतको प्रतीकको पूजा गरिन्छ । तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाइदिई मखमली र सयपत्री फूलको माला लगाइदिएर सगुन खान दिने प्रचलन छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार