सुदूरपश्चिम प्रदेशभर ३५२ मतदान स्थल अति संवेदनशील र ४०४ संवेदनशीलको सूचिमा

सुदूरपश्चिम

 सुदूरपश्चिम प्रदेशका एक हजार १६१ मतदान स्थलमध्ये ३५२ मतदान स्थल अति संवेदनशील र ४०४ संवेदनशील छन् ।

यस्तै ४०५ मतदान स्थल भौगोलिक तथा सुरक्षाका हिसाबले सामान्य अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौतीलगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको हो ।

३२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये ७१० अति संवेदनशील, ७७८ संवेदनशील र ६५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

सामान्यभन्दा संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको यो प्रदेशमा संवेदनशीलताअनुसार निर्वाचनमा सुरक्षाकर्मी खटाइने जनाइएको छ । तर, सुरक्षाकर्मी के, कसरी र कति सङ्ख्यामा खटाइने भन्ने निक्र्योल कात्तिक ५ गते मात्रै गरिने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालय

प्रदेश प्रहरी कार्यालयका अनुसार २३७ मतदान स्थल रहेको कैलालीमा ५३ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै १३१ मतदान स्थल संवेदशनील र ५३ मतदान स्थल सामान्य रहेका छन् । यो जिल्लामा ६२९ मतदान केन्द्र कायम गरिएको छ। तीमध्ये १५८ अति संवेदनशील, ३४४ संवेदनशील र १२७ मतदान केन्द्र सामान्य रहेका छन्। कैलाली प्रदेशमै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको यो जिल्लामा पाँचवटा निर्वाचन क्षेत्र कायम छ ।

यस्तै तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कायम भएको १३२ मतदान स्थलमध्ये ६६ वटा अति संवेदनशील, २६ वटा संवेदनशील र ४० वटा मतदान स्थल सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। यो जिल्लामा ३४६ वटा मतदान केन्द्र छन् ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय

तीमध्ये १८५ अति संवेदनशील, ७३ संवेदनशील र ८८ वटा मतदान केन्द्र सामान्य छन्। भौगोलिक रूपमा विकट बाजुरामा ७० वटा मतदान स्थल कायम गरिएको छ । यो जिल्लामा सामान्य मतदान स्थल जम्मा चारवटा मात्रै छन्। ४३ मतदान स्थल अति संवेदनशील र २३ मतदान स्थल संवेदनशील रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाजुरामा १२२ मतदान केन्द्र छन्। तीमध्ये ७० मतदान केन्द्र अति संवेदनशील, ३५ संवेदनशील र सात मतदान केन्द्र सामान्य रहेका जनाइएको छ। स्थानीय तहको निर्वाचनमा विवाद भएपछि यो जिल्लाको बूढीगङ्गा नगरपालिकामा दोस्रो पटक मतदान भएको थियो।

यस्तै १०१ मतदान स्थल रहेको डडेल्धुरामा २३ मतदान स्थल अति संवेदनशील, ४१ वटा संवेदनशील र ३७ वटा मतदान स्थल सामान्य छन्। यो जिल्लामा १३९ मतदान केन्द्र कायम भएको छ। तीमध्ये ३९ वटा मतदान स्थल अति संवेदनशील, ५७ वटा संवेदनशील र ४३ वटा सामान्य छन्।

बझाङमा १३५ मतदान स्थलमध्ये ५६ वटा अति संवेदनशील, ५८ संवेदनशील र २१ मतदान स्थल सामान्य छन्। भौगोलिक विकटता रहेको यो जिल्लामा १८४ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ८३ मतदान केन्द्र अति संवेदनशील, ७५ वटा संवेदनशील र २६ मतदान केन्द्र सामान्य छन् ।

११५ मतदान स्थल रहेको डोटीमा नौवटा अति संवेदनशील, ३० संवेदनशील र ७६ वटा मतदान स्थल सामान्य छन्। यो जिल्लामा १७७ मतदान केन्द्र कायम गरिएको छ। तीमध्ये ११ वटा अति संवेदनशील, ४८ संवेदनशील र ११८ वटा मतदान केन्द्र सामान्य छन् । यसैगरी अछाममा १३० मतदान स्थलमध्ये ६० वटा अति संवेदनशील, ५० वटा संवेदनशील र २० वटा मतदान स्थल सामान्य छन्। यो जिल्लामा २०८ वटा मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ९७ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ३१ सामान्य छन्।

भौगोलिक अवस्थाअनुसार विकट अछाममा पनि अति संवेदनशील र संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको छ। बैतडीमा १२९ मतदान स्थल छ । तीमध्ये ३१ वटा संवेदनशील, ३४ वटा संवेदनशील र ६४ वटा मतदान स्थल सामान्य छन्।

त्यस्तै २१० मतदान केन्द्रमध्ये ५४ वटा अति संवेदनशील, ५२ संवेदनशील र १०४ वटा मतदान केन्द्र सामान्य रहेका छन्। यसैगरी ११२ मतदान स्थल रहेको दार्चुलामा ११ वटा अति संवेदनशील, ११ वटा संवेदनशील र ९० वटा मतदान स्थल सामान्य छन्। यो जिल्लामा १४१ मतदान केन्द्र कायम गरिएको छ। तीमध्ये १३ वटा अति संवेदनशील, १४ वटा संवेदनशील र ११४ वटा मतदान केन्द्र सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार