‘प्रेम गीत ३’ निर्माण पक्षले बालगृह महासंघमा मनायो सफलताको खुशी

प्रेम गीत ३’ निर्माण पक्षले बालगृह महासंघमा मनायो सफलताको खुशी

‘प्रेम गीत ३’ले बूढानीलकण्ठस्थित बालगृह महासंघ पुगेर सफलताको खुशी साटेको छ ।

बालगृहमा रहेका ५५ जना बालबालिकासँग सिनेमाको सफलताको खुशी मनाइएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

‘नेपाली सिनेमालाई संसारभरका दर्शकसम्म पुर्‍याउने महत्वाकांक्षी योजनामा सफल र दर्शकबाट पाएको उच्च सफलताको खुशी मनाउँदा सबै दुःख र संघर्षका दिन भुलेका छौं’, सन्तोष भन्छन्, ‘सिनेमा सफल भएसँगै यो सफलताको सेलिब्रेट हामीले यसपटक फरक किसिमले फरक स्थान र व्यक्तिहरुमाँझ खुशी साटेर मनाएका छौं ।’

उनका अनुसार बूढानीलकण्ठस्थित बालगृह महासंघमा रहेका ५५ जना बालबालिकासँग खानपिन, देउसीभैलो तथा दीपावलीको शुभकामना आदानप्रदान गरेर सफलताको खुशी साटिएको थियो ।

‘यही खुशीको अवसरमा हामीले बालगृहमा बस्दै आएका सम्पूर्ण बालबालिकाको एक वर्षसम्म लाग्ने स्कुल फी, लत्ताकपडा, सिरक तथा डसना चाहिने सामग्री प्रदान गर्दै बालबालिकासँग प्रेम गीत ३ टीमले भोज गरेको छ’, सन्तोषले भने, ‘यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम महसुस थिएन । बालगृह महासंघको भवन जीर्ण अवस्थामा थियो । हाम्रो टीमले घरलाई मर्मतसम्भार गरेर रङ्गरोगन गरेर उज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुशी प्राप्त भएको थियो ।’

उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय लेखक तथा निर्देशक दाइ क्षेतेन गुरुङलाई यो समय असाध्यै सम्झना गरेका छौं । सायद उहाँको परिकल्पना नभएको भए यो कथामा सिनेमा बनाउने सम्भावना पनि थिएन होला । सिनेमा सफल भएको छ, यसको सम्पूर्ण श्रेय हामी दर्शक, मिडियाकर्मी, चलचित्रकर्मी र हाम्रा शुभचिन्तकहरुमा समर्पण गर्न चाहन्छौं ।’

बालगृहमा निर्माता तथा निर्देशकसमेत रहेका सन्तोषसँगै मुख्य कलाकार प्रदीप खड्का, कृष्टिना गुरुङलगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार