आगामी तीन दिनको मौसम बुलेटिन, कहाँ के छ अवस्था ?

मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी स्थानमा राती पनि  हल्का वर्षाको सम्भावना रहेको छ। 

बुधबार प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती  र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

बिहिबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार