मेयर बालेनको देउसी, ‘दु:ख लाग्छ साथी हो आफ्नै साथीको रष्टुरेन्ट भत्काइयो’ (भिडियो)

आफ्नै साथीको रष्टुरेन्ट भत्काइयो'
फाईल तस्बिर, देउसी खेल्दै बालेन

नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा काठमाडौंका मेयर बालेन शाह पनि देउसी खेल्न गएका छन्। शुक्रबार रिलिज हुन लागेको नेपाली फिल्म ‘महापुरूष’को टिम र एमआरआरले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेलेको हो।

उक्त देउसीमा मेयर बालेनले भट्ट्याएका थिए। सामाजिक सञ्जालहरूमा आएका भिडिओहरूमा मेयर शाहले देउसी भट्टयाउने क्रममा आफूले गरेका कामका बारेमा पनि भनेको देखिन्छ।

त्यसै क्रममा उनी भन्छन्- कति राम्रो राम्रो गित यहाँ गाइयो, दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेन्ट भत्काइयो।

मेयर बालेनले केही समयअघि काठमाडौंमा अवैध संरचना भत्काउने अभियान थालेका थिए।

https://twitter.com/dahalshivaji/status/1584925938600792064

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार