जोशीका तीन गीत !

माया गरी दिलमा राखे (गीत)

माया गरी दिलमा राखे देवी ठानी पूजा गरे।
निस्ठुरी को झेल मा परे सारा खुसी धुजा परे।
माया गिरि दिलमा राखे…..

रङ्गिन थियो जिन्दगी यो एक्कै छिन् मा छायल भयो।
सद्यः मुटु छिया पारी अनाएसी घायल भयो।
माया गरी दिलमा राखे……

सुन्दर सपना सजाकोथे दैवले नै लुटी गयो।
कता गए साथी सँगी आफ्ना सबै चुँडाइ दियो।
माया गरी दिलमा राखे……

बेहाल पारि मेरो जीवन तिमि खुसी भयौ होला।
मेरो भन्दा बढी माया उसैले नै दियो होला।
माया गरी दिलमा राखे……..

-विजय राज जोशी

यो जुनी त यस्तै भयो अर्को जुनी मैले बन्नु।
अब कसैले सोध्यो भने मेरा लागि मर्‍यो भन्नु।
माया गरी दिलमा राखे……

खालि छ सिउँदो मेरो (गीत)

खाली छ सिउँदो मेरो सिन्दूर लिएर आऊ।
एक्लो म रित्तो जीवन सारा भरेर जाऊ।
खालि छ सिउँदो मेरो ……

दिन ढल्छ रात बित्छ तिम्रो सम्झना मा ।
मुटु दुख्छ छाती पोल्छ तिम्रो सम्झना मा।
खाली छ सिउँदो मेरो…..

आँखा भरि तिम्रो तस्बिर गहभरि मा आँसु।
कहिले आउँछौ लिन प्यारा कसोरी म बाँचूँ।
खालि छ सिउँदो मेरो…..

सँगै (गीत)

विजय राज जोशी
विजय राज जोशी

भुलिदेऊ सारा सृष्टि रमाऊ गजल गीत सँगै।
घोलिदेऊ मलाइ पनि तिम्रै माया प्रीत सँगै।

गोधुली मा आउनु तिमि सिरेटो साथ सँगै।
लुकाऊ तिम्रो पच्छ्यौरीले हराऊ तिम्रो बात सँगै।

गुलाबी त्यो ओठ अनि दिव्य सुन्दर रूप सँगै।
पिलाऊ प्रेम को नसा अनि भुलाऊ त्यसकै मात सँगै।

चुमिदेऊ प्रेम नजर ले ओठले ओठ टोकी सँगै।
नसा लग्यो सुरु गरौँ अन्धकार रात सँगै।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार