समानुपातिकको बन्दसूचीबाट निर्वाचन आयोगले हटायो ५५० जनाको नाम (विवरण सहित)

Election Commission Nepal

काठमाडौँ : निर्वाचन आयोगले ५५० जना उम्मेदवारको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको सूचीबाट हटाएको छ । योग्यता नपुगेको भन्दै आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बुझाइएको नाम हटाएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा जरिबाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको आयोगले जानकारी दिएको छ । त्यसमध्ये ३६९ जना जरिबाना नबुझाउने रहेको आयोगले जनाएको छ ।

आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ लाभको पदमा रहेका एक जना र बैंकको कालोसूचीमा रहेका अर्का एक गरी २ जनाको उम्मेदवारी खारेज गरेको छ ।

Ellection-Ummdwar

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार