SKIP THIS

धनगढी उप-महानगरपालिका

भारतीय कार र मोटरसाइकल एक आपसमा ठोकिदा कैलालीमा एक जना घाइते

दघृटना

बर्दगोरिया : कैलालीमा भारतीय कार र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित निमुवाबोझीमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको युपी ७५ एजी ४९४५ नम्बरको भारतीय कार र विपरीत दिशाबाट जाँदै गरेको सुप प्र ०१–००९ प ६८१५ नम्बरको मोटरसाइकल ठोकिएका हुन । 

कारको टायर फड्किएर अनियन्त्रित भई मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २२ का मिथुन चौधरी घाइते भएका छन् । घाइते चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने कार र चालक पङ्कज कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार