कैलालीको गौरीगंगा स्थित चौमाला बजारमा भीषण आगलागी (भिडियो सहित)

कैलालीको गौरीगंगा स्थित चौमाला बजारमा भीषण आगलागी (भिडियो सहित)
चौमाला बजारमा भीषण आगलागी

धनगढी : कैलाली स्थित चौमाला बजारमा भीषण आगलागी भएको छ। शनिवार साँझ जिल्लाको गौरीगंगा नगरपालिकाको  चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो।

आगलागी बाट ४ ओटा पसल जलेर नष्ट भइसकेको त्यहाँ स्थित प्रहरीले जनाएको छ । 

गौरीगंगा नगरपालिकासँग दमकल नभए पछि  गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको दमकल मगाइएको छ । भने घटना स्थलमा अहिले प्रहरी, म्यादी प्रहरी तथा स्थानीयको सहयोगमा आगो निभाउन थालिएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार