‘महापुरुष’लाई शनिबार डेढकरोड, अमेरिका प्रदर्शनमा भाग लिन हरिवंश न्यूयोर्क उड्दै

महापुरुष

हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले प्रदर्शनको दोस्रो दिन शनिबार पनि घरेलु बक्सअफिसमा उछाल कमाइ गरेको छ ।

फिल्मले शनिबार डेढ करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको हो । १ करोड हारहारीमा ओपनिङ गरेको फिल्मको शनिबारीय कलेक्सनमा स्वभाविकरुपमा बढोत्तरीको अनुमान थियो ।

फिल्मको दुई दिने कमाइ २ करोड ५० लाख रुपैयाँ ग्रस हारहारी हुन आउँछ । आइतबार पनि छठ् पर्वको सार्वजनिक बिदा भएकाले फिल्मले तीन करोड रुपैयाँ ग्रसको आँकडालाई सहजै पार गर्ने निश्चित छ ।

‘महापुरुष’को दुई दिने कलेक्सनमा मोफसलभन्दा काठमाडौं उपत्यकाको उच्च योगदान छ । मोफसलबाट जति कमाइ हुनुपर्ने, त्यति देखिएको छैन बरु उपत्यकाका मल्टिप्लेक्सबाट फिल्मले आक्रामक कमाइ गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरस्थित ए वर्गका मल्टिप्लेक्समा शनिबारका सबै शोज हाउसफूल रहे ।

यसैबीच, महापुरुषले अमेरिका र अष्ट्रेलियामा सन्तोषजनक ओपनिङ गरेको विवरण प्राप्त भएको छ । निर्माताले ती दुई ओभरसिज मुलुकको कमाई सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

अभिनेता हरिवंश आचार्य अमेरिकामा हुने फिल्म प्रदर्शनमा भाग लिन भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रदीप भट्टराई निर्देशित फिल्मलाई म्याक्स दिपेश खत्रीले निर्माण र रविन्द्रसिंह बानियाँले कार्यकारी निर्माण गरेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार