SKIP THIS

S.P.A  Collage

कस्तो जनप्रतिनिधि छान्ने ?

टेक बहादुर बम प्रदेश सभा सदस्य उम्मेदवार नेकपा एमाले, डोटी जिल्ला निर्वाचन क्षेत्र नं २

टेक बहादुर बम, प्रदेश सभा सदस्य उम्मेदवार नेकपा एमाले, डोटी जिल्ला निर्वाचन क्षेत्र नं २ : २०७९ साल मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन हुन अव ३ साता मात्रै वाकी रहेको अवस्था छ, यस्तो समयमा हामीले ५ वर्षका लागि चुन्नु पर्ने जनप्रतिनिधि निर्वाचित गराउँदा ध्यान दिएनौँ भने त्यसको असर प्रत्येक मतदाता देखि समाज, गाउँ अनि जिल्ला, प्रदेश र राज्य स्तरमा नै पर्ने हुन्छ ।

यदि राम्रो सक्षम, सबल, निष्कलंक, योग्य दूरदर्शी, सामाजिक भावना भएको, फौजदारी अभियोगमा निष्कलंक देखि स्वच्छ छविको उम्मेदवारलाई निर्वाचित गरायौ भने त्यसको फाइदा प्रत्येक मतदाता देखि गाउँ, समाज हुँदै राज्यलाई पुग्नेछ, यदि हामीले अहिलेको २१ औँ शदाव्दिमा पनि स्वच्छ छविको सामाजिक भावना अनुसार तथा जनसमुदाय को भावना विपरीतको उम्मेदवारलाई हामीले मतदान गरेको खण्डमा ५ वर्ष फेरी पछुताउनु पर्नेछ ।

विगतमा भएका गल्ती, कमी कमजोरीहरूलाई सच्याउँदै नै समाज अगाडि बढ्ने हो, विकास भनेको पनि यही नै हो, विकासमा आर्थिक, सामाजिक, राजनीतिक लगायतका तमाम कुराहरू समावेश भएका हुन्छन् तथापि, नीतिहरूको मूल नीति भनेको नै राजनीति हो, यदि तपाई मतदाताहरूले माथिका हामीले उठाइएका कुराहरू बिचार गरी मतदान गरिदिनु भयो भने पक्कै पनि योग्य, सक्षम, पारदर्शिता अनि दूरदर्शी नेता हाम्रो समाजले पाउनेछ ।

हामीले ५ वर्षमा गफमा होइन काममा समर्पित हुनेछौँ हामी सँग विकासका एजेण्डाहरु छन्, हामी सँग काम गर्ने सक्षम योग्य टिम छ, विज्ञहरूको समूह छ त्यो भन्दा माथि तपाई मतदाताहरूको खबरदारी अनि विश्वास छ, तपाईँहरू हामीलाई विश्वास गर्नुहोस् हामी तपाईँको विश्वास माथि कुठाराघात गर्ने छैनौँ । यो हाम्रो प्रतिबद्धता हो, हामी प्रत्येक नागरिकको आवाज सुन्न अनि नागरिकको पिडामा मलम लगाउन तत्पर छौँ, नयाँ युवा, नयाँ जोस अनि परीक्षण नगरिएका युवाहरूलाई साथ दिनुहोस् हामी समाजका लागि प्रतिबद्ध छौँ ।

हाम्रो लागि ५ वर्ष भनेको निर्वाचित भए पश्चात्को मितिले १८२५ दिन हुनेछ, जुन हामी प्रत्येक दिनको हिसाब राख्नेछौँ, हामी कार्य योजना सार्वजनिक गर्नेछौ, मासिक कार्य योजना देखि वार्षिक कार्य योजनामा के कति प्रगति हासिल भयो, हामीले जनताका भावना मागहरूलाई कति सम्बोधन गर्न सक्यौ या सकेनौ, सो को सार्वजनीकिकरण गरिनेछ, र आगामी दिनमा कसरी कार्य अगाडि बढाउने भनेर जनताका बिचमा गई गुनासाहरू, सुझावहरू सम्बोधन गरिनेछ ।

पहिला निर्वाचित भएका जनप्रतिनिधिहरूले ५ वर्षमा केवल भोट माग्ने बेला मात्रै गाउँघर मा आउने चलनको अन्य गर्नेछौँ !

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट तयार गरिएको वार्षिक योजना तर्जुमा अन्तर्गत स्थानीय सरकारहरू सँग समन्वय गरी वार्षिक बजेट सीमा तयार गर्दा वा बजेट तर्जुमा गर्नु पूर्व नै स्थानीय जनताहरूका मागहरू, समस्याहरू सम्बोधन गर्नको लागि पालिका स्तरीय योजनाहरू प्राथमिक करण गर्नको लागि प्रदेश सभा सदस्यमा निर्वाचित भइसके पश्चात् सरकारले तोकेको समय पूर्व नै सबै गाउँपालिका तथा नगरपालिकाका स्थानीय समुदायहरू सँग अन्तरक्रिया, छलफल गर्नुका साथै प्राथमिकताका आधारमा वास्तविकता भएका योजनाहरूलाई छनौटको लागि सिफारिस गरी बजेट विनियोजन तथा कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

केवल प्रदेश सरकार अन्त्रगतका वा स्थानीय तहका योजनाहरूको गुणस्तरीयता सुनिश्चितताको लागि हदै सम्मको प्रयास गर्नेछौँ, योजनाहरूको दिगोपना प्रभावकारिता तथा वातावरणीय प्रभाव मूल्याङ्कनलाई विशेष महत्त्व दिनेछौँ । योजनामा भएको खर्चमा पारदर्शिता गर्नको लागि सार्वजनिक परीक्षण वा सामाजिक परीक्षण अनिवार्य रूपमा गर्नुका साथै ठेक्का प्रक्रियालाई पारदसिका साथै सुशासन कायम गर्नको लागि प्रदेश सरकार, सङ्घीय सरकार वा स्थानीय सरकार सँग नियमित रूपमा समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

विकास केवल नारामा मात्रै होइन स्थानीय जनताहरूको चाहना, अवस्था सामाजिक, आर्थिक रूपमा के कति परिवर्तन भयो या भएन वा समाजमा पछाडि पारिएका वर्गहरू, विपन्न, दलित, महिला, बालबालिका, बृद्धबृद्धा, एकल महिला र अपाङ्गता भएका व्यक्तिको जीवनमा आएको परिवर्तन भयो या भएन सो को वास्तविक विश्लेषणको लागि तेस्रो पार्टी अनुगमन, सरोकारवाला निकायहरू, नागरिक समाज, पत्रकारहरू, समाजसेवीहरूको संयुक्त अनुगमन तथा पृष्ठपोषणको आधारमा आफ्ना नीति, कार्यक्रम तथा क्रियाकलापहरू परिमार्जित गर्दे जनतालाई सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पुरा गर्नको लागि प्रतिबद्ध छौँ ।

भौतिक पूर्वाधारलाई मात्रै विकास मान्ने परिपाटीलाई परिमार्जित गर्दे भौतिक विकास सँगसँगै सामाजिक तथा आर्थिक रूपान्तरणका प्याकेजहरू पनि जोडिनको लागि स्थानीय लधु उद्यमशीलता, आधुनिक कृषि तथा व्यावसायिक कृषि प्रणाली, स्वरोजगारका विषयहरू का साथै शिक्षा, स्वास्थ्य,महिला बालबालिका तथा सामाजिक समावेशीकरण तथा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप न्यूनीकरणका सवालहरूलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
धन्यवाद ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार