आज ‘विश्व सहरीकरण दिवस २०२२’

विश्व सहरीकरण दिवस

आज ‘विश्व सहरीकरण दिवस २०२२’ विश्वभरि अनेक कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पछिल्ला वर्षमा कोरोना भाइरस कहर र फैलिँदो सङ्क्रमणका कारण औपचारिक कार्यक्रम भएका थिएनन् ।

आज यूएनहेबिट्को सहजीकरण मा चीनको साँघाई सहरमा विश्वभरिका देशका प्रतिनिधिहरूको संलग्नतामा विश्व सहरीकरण दिवस मनाइँदै छ ।

विश्व सहरीकरण दिवसको पृष्ठभूमि
:

अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२२ को विश्व सहरीकरण दिवस नवौँ संस्करण हो ।

अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ ।

उत्कृष्ट सहर, उत्कृष्ट जीवन भन्ने सोचलाई मध्यनजर गरी हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार