बाजुरामा ३४ जनाले बुझाए हतियार

हतियार

बाजुरामा अहिले सम्म ३४ जना जनाले प्रशासनलाई हतियार बुझाएका छन्। आसन्न मसिंर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रसासनले ३५ दिनभित्र हतियार बुझाउन सुचना जारी गरेको थियो ।

जिल्लाका ९ स्थानिय तहबाट ३४ हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी प्रमुख सुर्य थापाले बताएका छन । त्यसै गरि यो अवधिमा एक जना अबैध भरूवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख थापाले बताए ।

निर्धारित समयमा हतियार नबुझाउनेहरूलाई अब फेरि हतियार फेला परे कानुनबमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार