SKIP THIS

S.P.A  Collage

दार्चुलामा जिपसहित दुई किलो बढी चरेस बरामद

दुई किलो बढी चरेस बरामद

दार्चुलामा चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेलबिसाबाट गोकुलेश्वरतर्फ आउँदै गरेको से १ ज ६१८ नम्बरको जिपसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। 

बिहीबार दिउँसो मार्मा गाउँपालिका–३ लटिनाथमा प्रहरीको जाँचका क्रममा जिपमा दुई किलो ९०० ग्राम चरेस फेला परेपछि गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ। 

सेलबिसाबाट गोकुलेश्वर जाँदै गरेको जिपलाई जाँच गर्दा अपिहिमाल गाउँपालिका–५ लुम्थिका ४४ वर्षीय दानसिंह धामीको साथबाट चरेस फेला परेपछि जिप, चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन्।

इलाका प्रहरी कार्यालय लटिनाथका इन्चार्ज लोकेन्द्रबहादुर सिंहले एक जना साथबाट चरेस फेला परेपछि जिप चालक पनि अहिले नियन्त्रणमा राखि अनुसन्धान अगाडि बढाइएको बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार