आजको मौसम बुलेटिन : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव 

मौसम

आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा सामान्य वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

 देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

२०७९ कार्तिक २० गते  (आइतबार)

दिउँसो:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:   सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ कार्तिक २१ गते  (सोमबार)

दिउँसो:  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि मौसम सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।प्रदेश १ र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र देशको अन्य पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही  देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ ।

२०७९ कार्तिक २२ गते  (मंगलबार)

दिउँसो:  प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ ।प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

उल्लेखनीय चेतावनी  छैन।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार