काँग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कार्तिक २३ गते बैतडी जाने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्तिक २३ गते बैतडी जाने भएका छन्।

गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड बैतडी जाने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए।

उनका अनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्तिक २३ गते जिल्लाको पाटनमा चुनावी सभाको आयोजना गरिएको छ।

उक्त सभामा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सोही दिन दुवै नेताले दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्त रुपमा गठबन्धन गरेर चुनावी मैदानमा छन्। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार