गृह मन्त्रालयको निर्देशनअनुसार कैलालीमा मदिरा बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्याल

धनगढी : कैलालीमा मदिरा बिक्रि, वितरण र सेवन गर्न नपाइने भएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार कैलालीमा मदिरा बिक्रि वितरणमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार रातिदेखि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

जोशीकाअनुसार आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मर्यादित, स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न तथा आचारसंहितालाई पालन गराउन मतदानको १५ दिन अघि बिक्रि वितरण र सेवन रोक्न गृहले निर्देशन दिएको थियो ।

सोहीअनुसार कैलालीमा पनि आइतबार राति १२ बजेदेखि मदिरा बिक्रि, वितरण र सेवनमा रोक लगाइएको बताउदै जोशीले निषेध गरिएको काम गरेको भेटिए कानून बमोजिम कारवाही गरिने जनाए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार