फेसबुकले फर्कायाे एमआरआर ग्रुपलाई

एमआरआर ग्रुप

 चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ ।

फेसबुकले ९ दिनपछि आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो । एमआरआरले लेखेको छ ‘अन्तत हामी फर्कियौं । ’

गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्कृय बनाएको थियो ।ग्रुपलाई निष्कृय बनाएपछि रिभ्यु रिक्वेस्ट गरेको थियो।

एमआरआरका अनुसार ग्रुप २०२० मा कारबाहीमा परेको थियो । ‘त्यसपछि हामीले यस पटक त्यस्ता विषयमा निकै निगरानी गरिराखेका थियौं र ग्रुप निस्किृय हुने कुनै पनि त्यस्ता पोष्टहरु ग्रुपमा छैनन्।’एमआरआरले भनेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार