आज खग्रास चन्द्रग्रहण लाग्दै, नेपालबाट एक घण्टा २३ मिनेट ग्रहण देखिने

चन्द्र ग्रहण

काठमाडौं : आज (कात्तिक २२ गते) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । बेलुकी ५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । साँझ ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ ।

साँझ ०६ः३४ बजे ग्रहण सकिन्छ । १ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।
चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ । साँझ ग्रहण सकिएपछि मात्र भोजन गर्न हुनेछ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि कात्तिक ८ गते मंगलवार कात्तिक कृष्ण औंशीका दिन सूर्यग्रहण लागेको थियो ।

यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औंशीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार