जन्मोत्सवको अवसरमा साउदले गरे धनगढीको दृष्टि फाउण्डेसमा समान प्रदान

जन्मोत्सवको अवसरमा साउदले गरे धनगढीको दृष्टि फाउण्डेसमा समान प्रदान

धनगढी । स्टार प्रा.लि धनगढीका सञ्चालक युवा ललित साउदले जन्मोत्सवको अवसरमा दैनिक उपभोग्य सामाग्री प्रदान गरेका छन् ।

उनले आफ्नो जन्मदिनको अवसर पारी धनगढीको दृष्टि फाउण्डेसमा केही सामाग्री वितरण गरेर सहयोग गरेका हुन् । साउँदले आफ्नो जन्मदिन मनाउने पैसाबाट केही पैसा जोगाएर उक्त सामाग्री वितरण गरेको बताएका छन् ।

उनले पाँच कट्ठा चामल, एक पेटी तेल, पाँच किलो ग्राम लुगा धुन प्रयोग गर्ने सोडा, पाँच किलो दाल, तिन हार पिक, एक फिनाइल र एक/एक दर्जन नुहाउने र भाडा धुने साबुन तथा अन्य सरसफाइका सामग्री प्रदान गरेको स्टार प्रा.लि धनगढीका प्रबन्ध निर्देशक चेतराज अवस्थिले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार