चुनाव जित्ने सागर ढकालको दाबी

सागर ढकाल

डडेल्धुराबाट प्रतिनिधी सभाका स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालले आफुले जित्ने दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत कुनै चलखेल नभए आफुले चुनाव जित्ने दाबी गरेका हुन ।

उनले लेखेका छन् ‘कुनै चलखेल नभए जित सुनिस्चित नै छ । ईन्डिया, खाडिमा हुनुभएका सम्पुर्ण डडेल्धुरा बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुइमा मतदान गर्न भन्नुहोला । आज नवदुर्गा वडा नम्बर २ मा बुडि आमाले ‘नातीले फोन गरेर सुइ र धारामा भोट हाल्न भन्याछ’ भन्नुभयो । निकै खुसी लाग्यो । आउनुहोस् है छिटो छिटो सबैजना डडेल्धुरा ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार