विदेशीको चक्रब्युहबाट देश जोगाउन सूर्यमा मतदान गरौँ : राना

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पूर्व मन्त्री नारदमुनि राना

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पूर्व मन्त्री नारदमुनि रानाले विदेशीको चक्रब्युहबाट देश जोगाउन एमालेलाई मत दिनुपर्ने बताएका छन् । अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका रानाले विदेशीको इसारामा देश चलिरहेका कारण एमाले रोज्नुको विकल्प नरहेको बताएका हुन् ।

अहिले देश विदेशीको चक्रब्युहमा चलेका कारण देश जोगाउन एमाले लेनै जित्नुपर्ने रानाले बताए । सबै नेपालीलाई थाह भएकै कुरा हो गठबन्धनका नेताहरूले भारतको निर्देशनमा नेपाली नागरिकता विदेशीलाई बेच्न खोजेको रानाले आरोप लगाए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काग्रेंस नेतृ आरजु राणा देउवा भारत गएर भारतका विदेश मन्त्री सित प्रधानमन्त्री बनाइदिन आग्रह गर्दै भारतका नागरिकहरूलाई सिधै नागरिकता दिने सहमति गरेर आउनुभयो रानाले भने,

“अनि स्वदेश फर्केर बिहे गरे लगत्तै विदेशी ज्वाँई र बुहारीले नागरिकता पाउने गरी नागरिकता विधेयक ल्याएर पास गरे तर राष्ट्रवादी हाम्रो राष्ट्रपति विद्या देवी भण्डारी भएका कारण त्यो विधेयक प्रमाणीकरण नगरेर देश विदेशीको चक्रब्युहमा जानबाट जोगाउनुभयो ।”

अब गठबन्धनकै सरकार बन्ने हो भने उनीहरूकै राष्ट्रपति बन्ने र सो विधेयक प्रमाणीकरण हुने छ उनले भने “अनि धमाधम विदेशीले नागरिकता पाउने छन् र विदेशीकै शासन नेपालमा चल्ने छ,

“संवैधानिक निकायमा उनीहरूकै शासन चल्ने छ, भोलि सांसद मन्त्री समेत उनीहरू हुने छन् अनि हामी नेपालीको अवस्था के हुन्छ होला बिचार गर्नुस् ।”

गठबन्धनका नेताहरूले देशलाई विदेशीको हातमा सुम्पिन खोजेकाले देश जोगाउन एमाले नै आउनुपर्ने रानाको भनाई थियो ।

यहाँ नारदमुनि राना एउटा उम्मेदवार हो म हारे फरक पर्दैन तर एमाले हारे देशले हार्ने छ यो कुराको ख्याल गर्नुहोला उनले भने,

“देश जोगाउने एमाले मात्रै हो विगतका इतिहास हेर्नुस् र मत दिनुस्, विकासका कुरामा एमाले बाहेक कसैले गर्न सकेको छैन, ज्येष्ठ नागरिकको सम्मान, सुत्केरी स्याहार, विद्यार्थीका लागी प्राविधिक शिक्षा, स्वास्थ्यमा स्तरोन्नति लगायतका उल्लेख्य काम एमालेकै सरकारका बेला भएका छन्, विकास र संवृद्धिका लागी पनि एमाले नै हो ।”

देश जोगाउने या देशलाई यस्तै अस्थिरता र विदेशीको इसारामा चल्न दिने जनताको हातमा छ त्यस कारण जनताले एमाले रोजे देश रहने उनको दाबी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार