चुनावको स्थीर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने

Nirwach Aayog

काठमाडौँ : निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थीर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थीर समय सुरु हुने भएको हो ।

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए ।

केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार