SKIP THIS

S.P.A  Collage

मतदानपछि मतपेटिका कसरी ढुवानी गरिन्छ ?

स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमती र सबैभन्दा कम कर्णाली प्रदेशमा
फाइल तस्बिर

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएपछि ‘बन्द मतपेटिका’ ३ वटा तरिकाबाट ढुवानी गर्ने निर्णय गरिएको छ । बन्द मतपेटिका कसरी ढुवानी गर्ने भन्नेबारे केन्द्रीय सुरक्षा समिति र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा लामो छलफल भएको थियो ।

छलफलमा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले मतदान गरे पछिको बन्द मतपेटिका सुरक्षा निकायको गाडीमा ढुवानी गर्दा ‘विवाद हुन्छ’ भन्दै आफ्नो संगठनको गाडीमा नबोक्ने अडान लिएका थिए । सुरक्षा समितिको बैठकमा अर्यालले भनेको उद्धृत गर्दै गृह मन्त्रालयका एकजना उच्च अधिकारीले भने, ‘हामी सुरक्षा दिन्छौं, मतपेटिका बोक्न छुट्टै गाडी प्रयोग गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो ।’

आईजीपी अर्यालको अडानपछि गृह मन्त्रालयले बन्द मतपेटिका सुरक्षा निकायको गाडीमा ढुवानी नगर्ने निर्णय गरेको छ । 

सुरक्षा निकाय बाहेकको सवारी साधन भाडामा लिएर मतपेटिका ढुवानी गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए ।

गाडी नचल्ने र ४–५ घण्टा हिँडेर ढुवानी गर्न सकिने ठाउँमा सुरक्षाकर्मीको साथमा बोकेर ढुवानी गर्ने निर्णय गरिएको छ ।

गाडीमा ढुवानी गर्दा सशस्त्र र सेनाले स्कर्टिङ गर्ने निर्णय गरिएको छ । मतपेटिका राखिएको गाडीमा दलका प्रतिनिधि र मतदान अधिकृत सँगै हुन्छन् । बन्द मतपेटिका ढुवानीका लागी गाडी भाडामा लिएर परिचालन गर्न ९ करोड बजेट निकासा गरिएको छ । सो बजेट प्रमुख जिल्ला अधिकारीले खर्च गर्नेगरी देशभरका जिल्ला प्रशासन कार्यालयमा पठाइएको सहसचिव पोखरेलले जानकारी दिए ।

हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने छ । गाडी नजाने र ४–५ दिन पैदल हिँड्नुपर्ने ठाउँको मतपेटिका सेनाको हेलिप्टरबाट मतगणनास्थलसम्म ल्याउने निर्णय गरिएको छ । बन्द मतपेटिका ढुवानी गरिने गाडी र हेलिकप्टरमा सुरक्षाकर्मी बस्दैनन् । 

मतपेटिका ढुवानी गर्ने छुट्टै गाडी नपाएको अवस्थामा फारम भरेर सुरक्षा निकायको गाडीमा मतपेटिका ढुवानी गर्न सकिने छ । तर, सो गाडीमा सुरक्षाकर्मी नबस्ने र उनीहरूले सुरक्षा प्रदान गर्ने निर्णय गरिएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार