SKIP THIS

धनगढी उप-महानगरपालिका

धनगढीमा ‘स्मार्ट स्ट्रीट लाइट’को काम सुरु, कहिले सम्म होला झिलिमिली ?

स्ट्रीट लाइट

धनगढी :  कैलालीपुलदेखि हुलाकी मार्गको शून्यबिन्दु क्याम्पस रोडसम्मको सडक चौडा पार्ने कार्य थालिसकेका मेयर गोपाल हमालले आज मोहनापुल-अत्तरिया छ लेन सडकको धनगढी चौराहादेखि एयरपोर्ट मोडसम्म स्मार्ट स्ट्रीट लाइट जडानको शुभारम्भ गरेका छन् । 

धनगढी उप-महानगरपालिका (६०%) र नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको (४०%) संयुक्त लागतमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु गरिएको मेयर हमाल बताए ।

उनले धनगढीलाई स्मार्ट सिटी बनाउने आफ्नो पहिलो लक्ष्य रहेको बताउँदै पछिल्लो समय उक्त सडक खण्डमा दुर्घटनाहरू बढिरहेका कारण लाइट जडानपछि सडकको सौन्दर्यता बढ्नुका साथै दुर्घटनामा कमी आउने विश्वास लिएका छन् । 

करिब ६ किलोमिटर सडक खण्डको बीचमा २१३ ओटा स्मार्ट स्ट्रीट लाइटको पोल रहने बताउँदै निर्माण कम्पनी सूर्योदय ऊर्जाका सिभिल इन्जिनियर रबिनकुमार महतोले २१३ पोलमा ४३४ ओटा बत्तिहरू रहने जानकारी दिए । उनले केही पुरानै पोलमा समेत बत्ति जडान गर्ने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार