निर्वाचन लक्षित नेपाली सेनाद्वारा सुरक्षाको तयारी, आवश्यकता अनुसार हवाई गस्ती गरिने

निर्वाचन लक्षित नेपाली सेनाद्वारा सुरक्षाको तयारी

कैलाली : आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले समेत सुरक्षाको तयारी गरेको छ । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना तयारी अवस्थामा रहेको सुदूरपश्चिम पृतना हेडक्वार्टरले जानकारी दिएको छ ।

सेनाको सुदूरपश्चिम पृतनाले आज कैलालीको तेघरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पृतनापती उपरथी बिजय थापाले सुदूरपश्चिममा निर्वाचनको बेला हुनसक्ने अवाञ्छित गतिविधिलाई निस्तेज पार्ने गरी मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्नका लागि सेनाले गर्नुपर्ने सम्पूर्ण तयारी गरिसकेको बताए ।

सरकारले निर्देशन गरेअनुरूप प्रत्येक निर्वाचन स्थलमा कम्तीमा पनि ३० मिनेटभित्र पुग्ने गरी प्रदेशका नौवटै जिल्ला कम्तीमा पनि ३० ओटा कम्पनी, प्लटुङ र सेक्सन अपरेटिङ बेश स्थापना गरिसकेको बताउँदै उपरथी थापाले आवश्यकताअनुसार हवाई गस्तीका लागि समेत हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए ।

यसै गरी सेनाले संवेदनशील स्थानहरूमा सुरक्षा दिइरहेको बताउँदै पृतनपती उपरथी थापले विभिन्न स्थानमा नियमित गस्ती समेत गरिरहेको जिकिर गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार