मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदानको महत्वलाई बुझेर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

मतदान सबै नागरिकको नैसर्गिक अधिकार भएकाले सक्रिय सहभागीता जनाउन आग्रह गरेका हुन् । उनले शुक्रबार एक भिडियो सन्देशमार्फत् भनेका छन्, ‘‘मतदान सबै नागरिकको नैसर्गिक अधिकार हो भने मतदानमा सहभागी हुनु सबै मतदाताको कतव्र्य हो ।

आफ्नो अधिकारको सुनिश्चिताका लागि मतदानको महत्वलाई बुझेर मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य

निर्वाचनमा आफूले रोजेको राजनीतिक दल वा उम्मेदवारको चिन्हमा मतदान गरी निर्वाचनलाई सफल बनाऊँ ।’

उनले आफूले रोजेको राजनीतिक दल वा उम्मेदवारको चिन्हमा मतदान गरी निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार