SKIP THIS

S.P.A  Collage

सुदूरपश्चिम प्रदेशका सबै सीमानाकाहरु सिल, कहिले खुल्छन् ?

कैलालीको त्रिनगर भन्सार नाका
फाइल तस्बिर

धनगढी : सुदूरपश्चिम प्रदेशका सबै सीमानाकाहरु सिल गरिएका छन् । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी सबै सीमानाकाहरु सिल गरिएका हुन ।

बिहिबार राती १२ बजेदेखि बन्द भएका सीमानाका मंसिर ४ गते राती १२ बजे सम्म सीमानाका सिल रहने जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका सिल गरिएका हुन । भारतसित सीमा जोडिएका दार्चुलाको लाली, जोलजिवी, बाकु, दत्तु, पुलघाट खलंगा, तिगरम, बडूगाउँ, मलघट्टे, माल र सीतापुल नाका सिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

बैतडीको मुख्य भारतीय नाका झुलाघाटमा पनि सिल गरिएको प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिएको उनले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको बैतडीमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

यता तराइका जिल्ला कैलालीको गौरीफन्टा, टीकापुरको खक्रौला नाका, कञ्चनपुरको गड्डाचौकी, बेलौरी लगायतका अन्य साना नाका पनि सिल गरिएको प्रशासन कार्यालयहरुले जनाएका छन । अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गरिएका हुन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार