भोट हाल्न भारतबाट फर्किँदै गर्दा डोटीका एक पुरुषको बाटैमा मृत्यु

मृत्यु

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको जोरायल गाउँपालिका ३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टका अनुसार उनी जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएका हुन् ।

भारतको सिमलामा काम गर्दै आएका उनी संसदीय निर्वाचनमा मतदान गर्न घर फर्किरहेका थिए ।

उनको साथमा झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि भेटिएको छ ।

अत्यधिक मदिरा सेवनका कारण राति नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार