सामाजिक सञ्जालबाट दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपाल

काठमाडौँ : प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको नाम दुरुपयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा सामाजकि सञ्जालमा अफवाहपूर्ण, दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मौन अवधिमा विभिन्न सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएका थिए ।

त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा समाचार सम्प्रेषण नगरेको र मिथ्या समाचार भएको जानकारी आएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले बताएका छन् ।

काउन्सिलले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त, फेक न्युजबाट सजग रहन आग्रह गरेको छ । निर्वाचनको संवेदनशील घडीमा प्रभाव पार्ने उद्देश्यले कुनै माध्यमबाट दुष्प्रचारयुक्त, मिथ्या सूचना, भ्रामक टिकाटिप्पणी नगर्न तथा सामाजिक सञ्जालबाट समेत पोष्ट, सेयर, कमेन्ट नगर्न काउन्सिलले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार