सुदूरपश्चिम प्रदेश सहित देशभरका १५ मतदान केन्द्रमा रोकियो मतदान

सुदूरपश्चिमसहित देशभरका १५ मतदान केन्द्रमा मतदान
फाईल फोटो

सुदूरपश्चिमसहित देशभरका १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भइरहेको निर्वाचनका क्रममा १५ स्थानमा विभिन्न कारणले मतदान रोकिएको हो। 

निर्वाचन आयोगका अनुसार विभिन्न कारणले विवाद उत्पन्न हुँदा अपराह्न साढे ३ बजेसम्म १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। पुनः मतदान शुरू गर्न छलफल भइरहेको आयोगले जनाएको छ।

यसअघि मतदान रोकिएका केही स्थानमा भने सुचारु भइसकेको छ। सुदूरपश्चिमका अधिकांस मतदान केन्द्रहरुमा मतदान रोकिएको छ। आज बिहान ७ बजेदेखि देशभरका २२ हजार २२७ मतदान केन्द्रमा मतदान शुरू भएको थियो।

साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार