बैतडीमा जीप दुर्घटना

जीप दुर्घटनामा परी बैतडीमा मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडीमा प्रहरी बोकेको जीपप सोमबार बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार  दुर्घटनामा परेर जीपमा सवार रहेका ४ जना प्रहरीको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।  

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

घाइतेहरुको भने पहिचान भएको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जीप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार