कैलाली – ४ मा ६४ हजार १५८ जनाले गरे मतदान

कैलालीका मतदाता

कैलाली क्षेत्र नम्बर ४ मा ६४ हजार १५८ जनाले गरे मतदान गरेका छन । कैलाली – ४ मा कुल मतदाता १ लाख १० हजार ४५३ मतदाता रहेकोमा ६४ हजार १५८ जनाले मतदान गरेका हुन । जुन कुल मतदाताको ५८ प्रतिशत मात्रै हो ।

कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको वितरण अनुसार मतदान गर्ने मध्ये ३४ हजार ७०८ जना महिला र २९ हजार ४५० जना पुरुष रहेका छन ।

प्रदेशसभा ‘क’ मा ३२ हजार ५८४ जनाले मतदान गरेका छन । प्रदेशसभा ‘क’ मा ५४ हजार ६३४ मतदाता रहेका थिए । त्यस्तै प्रदेश सभा तर्फ ‘ख’ मा ३१ हजार ५७४ जनाले मतदान गरेका छन । प्रदेश सभा ‘ख’ मा ५५ हजार ८१९ मतदाता रहेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार