बैतडीमा पनि थालियो मतगणना

बैतडी : बैतडीमा मतगणना थालिएको छ । १ लाख ५० हजार १५६ मतदाता रहेको बैतडीमा ७८ हजार ३६९ मत खसेको खसेको छ ।

जिल्ला अस्पताल बैतडीको नवनिर्मित भवनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार सम्पन्न भएको निर्वाचन अन्तर्गत मतगणना कार्य सुरु भएको हो ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर, एमालेका दामोदर भण्डारी प्रतिस्पर्धा रहेको छन् । भने, स्वतन्त्रबाट केशवबहादुर चन्द लगायत ११ जना चुनावी मैदानमा रहेका छन् ।

प्रदेश सभा अन्तर्गत क्षेत्र नं.१ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका वीरबहादुर बिष्ट, एमालेका तर्फबाट सुरेन्द्र पाल, स्वतन्त्र उम्मेदवार हरि मोहन भण्डारी सहित ६ जना रहेका छन् ।

भने प्रदेश सभा २ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका शिवराज भट्ट, एमालेका तर्फबाट लिलाधर भट्ट सहित ५ जना प्रतिस्पर्धामा रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार