मनाङबाट कांग्रेसका टेकबहादुर गुरूङ निर्वाचित

मनाङबाट कांग्रेसका टेकबहादुर गुरूङ निर्वाचित

मनाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालका अनुसार टेकबहादुरले २५७५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरूङले २२४७ मत पाए।

मनाङमा ६७७९ मतदाता रहेकोमा ४८४५ मत खसेको थियो।

त्यस्तै, प्रदेशसभातर्फ मनाङ ‘क’ बाट कांग्रेसकै मुनिन्द्रजंग गुरूङ निर्वाचित भएका छन्। उनले १२५५ मत पाएका थिए। एमालेका राजन गुरूङले ९२५ मत पाएका थिए।

मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ ‘दीपक मनाङे’ सर्वसम्मत निर्वाचित भइसकेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार