ओली हराउन झापा झरेका युग पाठकलाई ३२ मत

ओली हराउन झापा झरेका युग पाठकलाई ३२ मत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने एक मात्र उद्देश्य बोकेर झापा झरेका लेखक तथा अभियन्ता युग पाठकले एक सय मत पनि कटाउन सकेका छैनन् ।

पछिल्लो मतगणनाको विवरण अनुसार सोमवार राति ११ बजेसम्म ओलीले ५१६३ मतका साथ झापा ५ मा अग्रता लिँदा उनलाई गठबन्धनबाट कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले २५७५ मतबाट पछ्याइरहेका छन् ।

पुतली चिन्ह लिएर ओलीविरुद्ध चुनाव लडेका पाठकको भने जम्मा ३२ मत आएको छ ।

उनीभन्दा अगाडि घण्टीका सुरेश पोखरेलले ९७८ र जनमत पार्टीका भीम राजवंशीले ३४६ मत पाएका छन् ।

त्यस्तै जसपाका ओममाया आङ्देम्बेको ५७, मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेको ५०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कवीन्द्र शेर्मा लिम्बुको ३४९ र पाठकको ३२ मत छ ।

ओली प्रधानमन्त्री भएका बेला भारतीय नाकाबन्दीविरुद्ध सिंगो मुलुक जुधेका बेला पाठक भने नाकाबन्दीको पक्षमा सिमानामा धर्ना दिने र दूतावासमा नाकाबन्दी कसिलो बनाइदिनका लागि ज्ञापन पत्र बुझाउने अभियानमा थिए । -नेपालप्रेस

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार