कञ्चनपुरका तीन क्षेत्रमा तामाङ, साउँद र लेखकको अग्रता कायमै

Tara Lama tamang binamagar

तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । भने एक क्षेत्रमा नेकपा एमालले अग्रता कायम गरेको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक ४ हजार नौ सय ११ मतले अगाडी छन ।

२४ हजार ७५१ मत गणना हुँदा उहाँले १२ हजार ५६४ मत प्राप्त गनुभएको छ । उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका निरु पालले ७ हजार ६५३ मत ल्याएर लेखकलाई पछ्याउँदै छन । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले नौ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

तीन वटा प्रतिनिधिसभा क्षेत्र रहेकोे कंचनपुरमा दुई क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन भने एक निर्वाचन क्षेत्रमा नेकपा एमालेको अग्रता छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा तर्फ नेकपा एमालेका तारालामा तामाङले चार हजार चार सय ६४ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ भने उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा माओवादी केन्द्रका विना मगरले दुई हजार ७४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा १७ हजार ६७४ मत गणना हुँदा नेपाली कांग्रेसका एनपी साउदले सात हजार ४ सय ३८ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नर वहादुर धामीले पाँच हजार नौ सय २१ मत प्राप्त गर्नुभएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा ६३ हजार ३७,कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा ५७ हजार ९५५ र कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा ५६ हजार ३१९ मत खसेको जिल्ला निर्वाचन कार्यालय कंचनपुरले जानकारी दिएको छ । अहिले तीन वटै क्षेत्रमा मतगणना जारी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

सम्बन्धित समाचार