SKIP THIS

धनगढी उप-महानगरपालिका

नागरिक उन्मुक्ति पार्टीद्वारा कैलाली–३ मा क्लिन स्वीप

नागरिक उन्मुक्ति पार्टीद्वारा कैलाली–३ मा क्लिन स्वीप

कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा क्लिन स्वीप गरेको छ ।

सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि (क) मा घनश्याम चौधरी र (ख) मा खुशीराम डंगौरा थारु विजयी भएका छन् । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी हिजो नै निर्वाचित भएका थिए ।

प्रदेश (क) मा चौधरीले गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरालाई पराजित गरेका हुन । विजयी भएका चौधरीले १३ हजार ९२३ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका डंगौराले ११ हजार ५७२ मत प्राप्त गरेका छन् । चौधरी दुई हजार ३५१ मतान्तरले विजयी भएका छन् । 
(ख) मा विजयी भएका थारुले सात हजार ५३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर साउँदले छ हजार ६१९ मत प्राप्त गरे । ९२० मतान्तरले थारु विजयी भएका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार