झापा-५ बाट साढे २८ हजार मतान्तरले केपी शर्मा ओली छैटौं पटक विजयी

धनगढीमा एमालेले उठाएका उम्मेदवारहरू जनताका मुद्दामा खरो भएर काम गर्नेछन् विश्वस्त हुनुस्: ओली
प्रकाशित : :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।

बुधबार सम्पन्न मत गणनामा ओलीले ५२ हजार ३१५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४१ मत मात्र पाए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ७३१ मत ल्याए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट