नेपाल परिवार दल द्वारा डोटीका चार सय भूकम्प पीडित परिवारलाई राहत वितरण

नेपाल परिवार दल द्वारा डोटीका चार सय भूकम्प पीडित परिवारलाई राहत वितरण

डोटीका चारसय भुकम्प पिडित परिवारलाई नेपाल परिवार दलले राहत वितरण गरेको छ ।

नेपाल परिवार दलका सुदूरपश्चिम संयोजक खडक नागरीको पहल र बोधिसत्त्व बिहारको सहयोगमा सायल गाउँपालिका वडा न ५ डोटी का चार सय परिवारलाई राहत वितरण गरिएको हो ।

भूकम्प पीडितहरूलाई खाद्यवस्तु ,औषधि ,कापी तथा कम्बल वितरण गरिएको छ । त्यस्तै डोटीको श्री कालिका मा।वि का २०० जना विद्यार्थीलाई स्टेशनरी सामग्री ,२०० जनालाई बलाङकेट समेत वितरण गरिएको थियो । राहत वितरणको क्रममा बोधिसत्त्व विहारका अध्यक्ष लगायतका विदेशी नागरिकहरूले भूकम्पबाट क्षति भएका घरहरूको अवलोकन गरी सो क्षेत्रका घरहरू मर्मतका लागि आश्वासन दिएका छन् ।

डोटीमा यही कार्तिक २२ गते गएको भूकम्पले ६ जनाको ज्यान जानुका साथै सात सय बढी घरमा क्षति पुर्‍याएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार