बाजुराको बूढीनन्दा ५ मा भएको पुनः मतदानमा ५ सय ९७ मत खस्यो

बाजुराको बूढीनन्दा ५ मा भएको पुनः मतदानमा ५ सय ९७ मत खस्यो

बाजुरा : बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ मा मतदान सम्पन्न भएको छ। गएको आइतवार (मङ्सिर ४ गते) मतदानका क्रममा झडप भएपछि स्थगित भएको मतदान केन्द्रमा आज शनिवार मतदान भएको हो ।

आज मतदान भएको केन्द्रमा ९ सय ९९ जना मतदाता रहेकामा ५ सय ९७ मत खसेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

त्रिवेणी नगरपालिकामा गएको आइतवार मतदानका क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो भने कुटपिटमा परि अर्का एक जनाको ज्यान गएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ । 

यस्तै बाजुराका अरू २४ वटा मतदान केन्द्रमा पनि पुनः मतदानको माग गर्दै उजुरी परेको छ । विवादित बनेको त्रिवेणी, बूढीगङ्गा लगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो ।

एमालेले १६ र कांग्रेसले ८ वटा मतदान केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दिएका छन् । उजुरीमाथि निर्वाचन आयोगले छानबिन थालेको छ ।

आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय टोली बाजुरा पठाएको छ । टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार