SKIP THIS

S.P.A  Collage

प्रतिनिधि सभामा सुदूरको महिला आवाज, सांसद रञ्जिता !

सुदूरका ११ महिला उम्मेदवार मध्ये  प्रतिनिधि सभामा एक्लै महिला सांसद रञ्जिताले प्रतिनिधित्व गर्ने

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका ११ महिलामध्ये एक जना मात्रै निर्वाचित भएकी छन्। मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी हुन् ।

उम्मेदवार भएका अन्य सबै महिला नेत्री पराजित भएका हुन्। प्रदेशभरिबाट जम्मा १३७ जनाको उम्मेदवारी परेको थियो। जसमध्ये ११ जना उम्मेदवार महिला (८ प्रतिशत) थियो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीले कैलाली–१ बाट विजयी भएकी हुन् ।

उनले १२ हजार ३२३ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्। विजयी चौधरीले ३० हजार ४०४ मत प्राप्त गरिन। पराजित चौधरीले १८ हजार ८१ मत पाईन। निर्वाचनका लागि नेकपा (एमाले), माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएका थिए। यसैगरी केही महिला स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्भेका थिए । तर पूर्वमन्त्रीदेखि लिएर चर्चित नेत्रीहरूको पराजय भएको छ। एक महिला नेत्रीले भारी मतान्तरले जित हात पार्दा अरू महिला नेत्रीको पराजय भएको छ।

निर्वाचन आयोगका अनुसार पूर्वमन्त्रीसमेत रहेकी नेकपा (माओवादी केन्द्र)का नेत्री बिना मगर कञ्चनपुर–१ मा नेकपा ९एमाले०का तारा लामा तामाङसँग पाँच हजार ५४३ मतान्तरले पराजित भएकी हुन्। दोस्रो स्थानमा चित्त बुझाएकी मगरले १९ हजार चार सय मत प्राप्त गरिन्। विजयी लामाले २४ हजार ९४३ मत पाए ।

कञ्चनपुर–३ मै अर्का चर्चित महिला नेत्री एवं निवर्तमान सांसद निरुदेवी पाल पराजित भईन् । नेकपा (एमाले)की उनले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकसँग १२ हजार ९० मतान्तरले पराजित भईन्। पालले १८ हजार ४८५ मतमा चित्त बुझाउँदा लेखकले ३० हजार ५७५ मत पाए।

कञ्चनपुरमा निर्वाचन क्षेत्र नं। १ मा तीन र २ मा चार गरेर सात महिलाले प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गरेका थिए। १ मा पराजित नेपाल मजदुर किसान पार्टीका नन्दादेवी जोशीले ९५ र स्वतन्त्र हरिनादेवी भट्टले ६७ मत प्राप्त गरिन्।

त्यस्तै कञ्चनपुर–२ मा स्वतन्त्रबाट चुनाव लड्नु भएकी अधिकारकर्मी शारदादेवी चन्दले ७४१, जनमत पार्टीका सुशीलादेवी विष्टले १३१ र नेपाल मजदुर किसान पार्टीका जानकीदेवी गिरीले १०६ मतमा चित्त बुझाईन्। डोटीमा नेकपा (एमाले)का नेत्री गौरी ओली चार हजार २०६ मतान्तरले नेकपा (एकीकृत समाजवादी) नेता एवं पूर्वमन्त्री आलेसँग पराजित भईन। ओलीले २३ हजार ४ मत पाईन्। विजयी आलेले भने २७ हजार २१० मत प्राप्त गरे।

कैलालीबाट तीन जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । एक महिला नेत्रीको शानदार जित हुँदा दुई महिलाको हार भएको छ। क्षेत्र नं. ३ बाट चुनावी प्रतिस्पर्धा गरेकी नेपाल मजदुर किसान पार्टीका गङ्गादेवी पौडेलले १६१ मत प्राप्त गरेर सबैभन्दा पुछारमा चित्त बुझाईन्। यस्तै सोही पार्टीबाटै कैलाली–५ मा चुनावी प्रतिस्पर्धा गरेकी नन्दाकुमारी दर्लामी मगर (राना) ले ४२ मत मात्रै प्राप्त गरिन्। उनले पनि अन्तिममा चित्त बुझाईन् ।

यो प्रदेशमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले महिलालाई टिकट दिएका थिएनन्। यसैगरी कैलाली–२, ४ सहित अछाम, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुलामा पुरुष मात्रै उम्मेदवार रहेका थिए । यस्तै मतगणना बाँकी रहेको बाजुरामा पनि प्रतिनिधि सभा सदस्यका लागि पुरुष मात्रै उम्मेदवार रहेका थिए ।

यस्तै प्रदेश सभामा पनि मुख्य नेकपा (एमाले)का कमला ओली पराजित भईन् । उनि कैलाली क्षेत्र नं. २ (क)बाट पराजित भएकी हुन् । उनले सो क्षेत्रमा तेस्रो मत पाईन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार