SKIP THIS

S.P.A  Collage

चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको निधन

चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको निधन

चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको बुधबार मध्याह्न निधन भएको छ। लिउकेमिया र मल्टिपल अर्गान फेलियरका कारण उनको ९६ वर्षको उमेरमा सांघाईमा निधन भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले घोषणा गरेको हो।

सीपीसी, चीनको स्टेट काउन्सिल, नेसनल पिपल्स कंग्रेसको स्थायी कमिटी, सीपीसी र चीनको केन्द्रीय सैन्य आयोगले सबै पार्टीका सदस्य, चिनियाँ जनता, सेनाका सबै अंगहरुलाई सम्बोधन गर्दै जमिनको निधन भएको घोषणा गरेका छन्।

पत्रमा पूर्वराष्ट्रपति जमिनको निधनले सम्पूर्ण पार्टी, सैन्य, चिनियाँ जनता दु:खमा रहेको जनाएको छ। उनको सबै उपचारको प्रयासका वावजुध ल्युकेमिया र मल्टिपल अर्गान फेलियरका कारण मृत्यु भएको उल्लेख छ।

चीन सरकार र सीपीसीले जारी गरेको शोक वक्तव्यमा जमिनलाई सम्पूर्ण जनता, पार्टी र सेनाका लागि उच्च सम्मानित नेता भएको उल्लेख छ। उनलाई एक महान मार्क्सवादी, महान सर्वाहारवर्ग क्रान्तिकारी नेता, राजनेता, सैन्य रणनीतिकार, कुटनीतिक नेतृत्वका साथै महान कम्युनिस्ट लडाकु रहेको उल्लेख गरेको छ। उनले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणका कुशल नेतृत्वकर्ताको रुपमासमेत उनको चर्चा गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार