गेटामा छाडा गाई सँग मोटरसाइकल ठोक्किँदा गाईको घटना स्थलमै मृत्यु, चालक गम्भीर घाइते

दघृटना

धनगढी : कैलालीमा मोटरसाइकल छाडा गाई सँग ठोक्किएको छ । बिहीबार साँझ २०ः४० बजेको समयमा जिल्लाको गोदावरी न.पा. ५ गेटा स्थित मोटर साइकल ठोक्किएको हो ।

धनगढीबाट अत्तरिया तर्फ जाँदै गरेको मोटरसाइकल चालक डडेल्धुराको अमरगढी न.पा. २ बस्ने अन्दाजी ३०÷३२ वर्षीय विशाल बुढाऐरले चलाएको से ५ प ८७६० नं. को मोटरसाइकल छाडा गाई सँग ठोक्किँदा छाडा गाईको घटना स्थलमा मृत्यु भएको छ । भने मोटरसाइकल चालकको दुवै हात, खुट्टा र अनुहारमा चोट अवस्था सिरियस रहेको हुँदा उपचारको लागी माया मेट्रो अस्पताल धनगढी पठाइएको प्रहरी चौकी गेटाले जनाएको छ ।

उक्त स्थानमा प्र.ना.नि. दीपेन्द्र बहादुर चन्दको कमाण्डमा ३ जनाको प्रहरी टोली खटी जानुका साथै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार