बाजुरामा मतगणना सुरु, काँग्रेसका पाण्डे मतान्तर बढाउँदै

नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे, नेकपा एमालेका उम्मेदवार कर्ण थापा

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले मतान्तर बढाएका छन्। १५७४ मत गणना गर्दा बद्री पाण्डेले ८१६ मत पाएका छन्।

नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ७११ मतका उनलाई पछ्याइरहेका छन्। पाण्डे र थापाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

पाण्डेको अरू दलसँगको पहिलो प्रतिस्पर्धा हो भने थापासँग २०५६, २०६४ र २०७० मा चुनाव लडेको अनुभव छ। दुवैजना राजनीतिक विरासत र केन्द्रीय राजनीतिमा राम्रो पकड भएका नेता हुन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा मतदानस्‍थलमा विवाद भएपछि रोकिएको मतगणना ११ दिनपछि सुरु भएको हो।

मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ। मतगणना स्थल बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार