कफीको न्यूनतम समर्थन मूल्य तोकियो

कफीको न्यूनतम समर्थन मूल्य

सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।

बोर्डले फ्रेस चेरी (ताजा फल) तर्फ ए ग्रेडलाई प्रतिकिलो ९५ र बी ग्रेडलाई ८५ रुपैयाँ तोकेको छ। पार्चमेन्ट प्रशोधित कफीतर्फ ‘ए ग्रेड’ लाई प्रतिकिलो ४ सय ७५ र बी ग्रेडलाई ४ सय २० रुपैयाँ तोकिएको छ।

त्यस्तै, प्रशोधन गर्न नसकिएको ‘ए ग्रेड’को कफीलाई प्रतिकिलो १ सय ७० र ‘बी ग्रेड’ को कफीको मूल्य एक सय १५ रुपैयाँ तोकिएको छ।

उक्त मूल्य मंसिर १ गतेदेखि नै लागू भएको बोर्डले जनाएको छ। बोर्डले हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कफी दिवसको रूपमा मनाउँदै आएको छ।

तर यस वर्ष मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको आचार संहिताको कारण मनाउन पाएको थिएन। सोही कारण मंसिर १६ गते नुवाकोट विदुरमा औपचारिक कार्यक्रम गरी मनाइने बोर्डले जानकारी दिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार